Rule 28
मुद्दा दायरीको सूचना
(१) सार्वजनिक पदधारण गरेको व्यक्तिउपर मुद्दा दायर भएपछि अनुसन्धान अधिकृतले मुद्दा दायर भएको मितिले तीन दिनभित्र सम्बन्धित अख्तियारवालालाई सो कुराको सूचना दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सूचना प्राप्त हुनासाथ सम्बन्धित अख्तियारवालाले सम्बन्धित व्यक्तिलाई तत्काल निलम्बन गरी सोको जानकारी यथाशिघ्र आयोगलाई गराउनु पर्नेछ । (३) मुद्दा दायर भएको व्यक्ति सेवाबाट अवकाश भईसकेको भए सो सम्बन्धमा निजको सेवा सँग सम्बन्धित अभिलेख राख्ने कार्यालय र निवृत्तिभरण कार्यालयलाई समेत जानकारी दिनु_पर्नेछ। "